३१ बैशाख २०८१, सोमबार

सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर

Sindhupalchok police

प्रहरी उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

२०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिए पनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो ।

पुस ५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो। सजाय भने निर्धारण हुन बाँकी छ ।