२२ बैशाख २०८१, शनिबार

महान फुटबलर पेलेको अवस्था थप जटिल

pepe

ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ ।

८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । 

उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ ।

उनको केमोथेरापी उपचारको पुनः मूल्यांकन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट््युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ । उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए । 

‘एडसन एरेन्टेस डो नासिमेन्टोले क्यान्सर रोगको प्रोग्रेसन देखिएको र मृगौला र कार्डियक डिसफंक्शनसँग सम्बन्धित थप हेरचाहको आवश्यकता’ रहेको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अस्पतालले विज्ञप्ति जारी गरेको केही मिनेटपछि नासिमेन्टो र अरेन्टेसले आफ्ना बुबा क्रिसमसको लागि घर नजाने इन्स्टाग्राममा उल्लेख गरेका छन् ।

    सम्बन्धित समाचार...