६ जेष्ठ २०८१, आईतवार

रवीन्द्र मिश्र पक्षका महामन्त्रीसहित ४० केन्द्रीय सदस्य थपिए राप्रपामा

Rajendra lingden and rabindra

राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्रीसहित रवीन्द्र मिश्र पक्षका ४० जना केन्द्रीय समितिमा थपिएका छन् । 

महामन्त्री शरद पाठकसहित ४० जना केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । गत असोज १२ गते वरिष्ठ उपाध्यक्ष पद पाएपछि मिश्र राप्रपा प्रवेश गरेका थिए ।

मिश्र राप्रपामा गए पनि उनको पक्षबाट कसले कुन पद पाउने भन्नेबारे भागबण्डा टुंगिएको थिएन । बिहीबार तत्कालीन विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रको पछि लागेका नेता कार्यकर्ताहरूले राप्रपामा समेत स्थान पाइरहेका छन् । 

    सम्बन्धित समाचार...