१५ बैशाख २०८१, शनिबार

अर्जेन्टिना पुगेर मेस्सीले सार्वजनिक गरे विश्वकप ट्रफीसँग सुतेको फोटो

messi 1671540954

कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेका हुन् ।

कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको हो । उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो ।

आफ्नो कप्तानीमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएका हुन् । जितमा उत्सव मनाउन अर्जेन्टिना सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

messi 1671540954
messi2 1671541063
messi1 1671541063