१७ बैशाख २०८१, सोमबार

अब के हुन्छ रवि लामिछानेकाे सांसद पद ?

rabi rsp

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ ।

अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, “लामिछाने नेपाली नागरिक नभएकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको हुँदा चितवन क्षेत्र नं २ मा पुनः मतदान हुनुपर्छ ।”

रिट निवेदनमा अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली नागरिकता नलिएकाले निर्वाचित भएको पद रिक्त हुनुपर्ने उल्लेख छ ।

सर्च्चले गर्ने फैसलाले लामिछानेकाे सांसद पदकाे टुङ्गाे लाग्ने छ । यदि उहाँले परित्या गरेकाे नेपाली नागरिकता प्रक्रिय पुर्याइ पुन: लिनुभएकाे छैन भने निर्वाचन रद्ध पनि हुन सक्ने सम्भावना कानूनका जानकारहरू बताउँछन् ।