२४ बैशाख २०८१, सोमबार

अभिनेता विवेक ओबराय नेपालम, परिवारसहित गरे पशुपतिको दर्शन

obroi

बलिउड अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न सपरिवार काठमाडौं आइपुगेका छन् । दशदिने नेपाल भ्रमणको लागि ओबराय बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।

सपरिवार नेपाल घुम्न आइपुगेका विवेक ओबरायले आज बिहान पशुपतिनाथ दर्शन गरेका छन् । उनले बुबाआमा, पत्नी र छोराछोरीसहित पशुपतिमा पूजाअर्चना गरे । पशुपतिमा पूजापछि बाहिरिँदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाएका थिए । विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

नेपाल बसाइँका क्रममा रहेका उनीहरु पशुपतिपछि चन्द्रागिरी घुम्न जाने कार्यक्रम छ । साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् ।

नेपाल बसिन्जेल अभिनेता ओबरायले सगरमाथा बेसक्याम्प, प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ । त्यहाँपछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।

बुद्ध जन्मथलो लुम्बिनीको तिलौराकोट भ्रमणपछि भैरहवामा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् । सोही दिन काठमाडौं फर्किने उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । बुधबार साँझ काठमाडौं उत्रिएका विवेकले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’’

bibek @ pashupatinath

    सम्बन्धित समाचार...