१७ बैशाख २०८१, सोमबार

प्रचण्डले काँस्की पुगेर छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरे

prachanda

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आफूले गर्ने संकेत गरेका छन् । उनले आज जन्मजिल्ला काँस्कीमा आयोजित एक कार्यक्रममा आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएर यसको संकेत गरेका हुन् ।

उनले भने,‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम ग¥यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’ उनले अबको सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । पछिल्लो समय सत्ता गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे विवाद रहेको बेलामा दाहालले भने आफूले सरकारको नेतृत्व गर्ने संकेत गरेका हुन् ।

कांग्रेसमा प्रधानमन्त्रीको लागि आकांक्षी नेताहरु धेरै भएकोले पहिलो चरणमा सरकारको नेतृत्व गर्न प्रचण्डलाइ दिन सभापति शेरबहादुर देउवा तयार रहेको भन्ने कुरा आईरहेको बेलामा दाहालको यस्तो अभिव्यक्ति आएको हो ।

    सम्बन्धित समाचार...