७ बैशाख २०८१, शुक्रबार

इंगल्याण्ड ‘फिफा विश्वकप’ फुटबलको नकआउट चरणमा प्रवेश

england

इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बनेको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गर्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।