१५ चैत्र २०८०, बिहीबार

साविक विजेता फ्रान्स एक खेलअघि नै प्रिक्वारटफाइलनमा

kylian mbappe france

केलियन एमबाप्पेको दुई प्रेरित फ्रान्सले डेनमार्कलाई शनिबार राति २ -१ अन्तरले पराजित गर्दै कतार विश्वकपको प्रिक्वाटरफाइनल पक्का गरेको छ । 

पहिलो खेलमा अस्ट्रेलियामाथि ४- १ को जित हासिल गरेको साविक विजेता फ्रान्स दोस्रो खेलमा डेनमार्कलाई हराउँदै समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ प्रवेश गर्न सफल भएको हो । 

दोहास्थित रंगशाला ९७४ मा पेरिस सेन्ट जर्मन पिएसजीका फरवार्ड किलियन एमबाप्पेले ६२औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका थिए । आन्द्रेस क्रिस्टेनसनको हेड गोलमार्फत ६९औं मिनेटमा डेनमार्क खेलमा फर्किएको थियो । तर, एमबाप्पेले समय सकिन चार मिनेट बाँकी रहँदा विजयी गोल गरे । 

दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ । फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन् ।

फ्रान्सले ६ अंकका साथ एक खेलअगावै नकआउट चरणको टिकट काट्दा समूहबाट अन्तिम १६ पुग्ने दोस्रो टोलीको निर्णय बुधबार हुने समूह चरणको अन्तिम खेलबाट हुनेछ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया तथा डेनमार्कले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछन् ।