२६ बैशाख २०८१, बुधबार

तेजुलाल चौधरी ह्याट्रिक

tejulal

नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ह्याट्रिक गरेका छन् । 

०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन् ।

चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।