२३ बैशाख २०८१, आईतवार

जित सुनिश्चित गरे विश्वप्रकाश शर्माले १० हजार मत गन्न बाँकी छदै

bishow prakash
फाइल फोटो

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेको उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।

यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उनी प्रतिस्पर्धी एमालेका अग्नी खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि छन् ।

शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् भने खरेलको मत २३ हजार नौ सय आठ मत छ । यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो ।