१९ बैशाख २०८१, बुधबार

केन्द्रीय सदस्य शंकर भण्डारी तनहु २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

shankar bhandari

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे ।