१५ बैशाख २०८१, शनिबार

राजद्रोहको मुद्दा खेपेका गगन: अब संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले जितायो तेस्रोपटक

gagan thapa 1

नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ ।

निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उहाँले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाउनुभएको थियो । विसं २०३३ साउन ४ गते काठमाडौँमा जन्मनुभएका महेन्द्रकुमार थापा र राजेश्वरी थापाको छोरा थापाले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ ।

विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी हुनुभएका उहाँ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुनुहुन्थ्योे । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित हुनुभएको थियो ।

विद्यार्थी सङ्घले सचिवका लागि टिकट नदिएपछि उहाँ विद्रोही समूहबाट सचिव निर्वाचित हुनुभएको हो । विसं २०५५ को स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्सको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनित हुनुभयो । विसं २०५७ मा चितवनमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको नवौँ महाधिवेशनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित हुनुभयो। नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उहाँ चर्चामा आउनुभयो ।

राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसङ्घका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो । घिमिरे र थापासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाएपछि राजधानीलगायत मुख्य सहरमा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसबेलाको विद्यार्थी आन्दोलनमा राजतन्त्रविरुद्ध नै नारा लागेको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार तीनै जना विद्यार्थी नेतालाई छोड्न बाध्य भएको थियो ।

सोही विद्यार्थी आन्दोलनले थापालाई चर्चित विद्यार्थी नेताका रुपमा स्थापित गरेको हो । विसं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्ताका रुपमा उहाँले धेरै ठाउँमा सम्बोधन गर्नुभयो । पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहनुभएका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बन्नुभयोे । विसं २०६८ मा उहाँ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकामा महमान्त्रीमा भने पराजित हुनुभएको थियो ।

महामन्त्रीमा हारेपनि थापा केन्द्रीय सदस्य पदमा मनोनित हुनुभयो । विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ–४ बाट उहाँ पहिलो पटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको थियो । सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गर्नुभयो भने विसं २०७३ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित हुनुभएको थियो । स्वास्थ्य मन्त्री हुँदा उहाँले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाउनुभएको थियो ।

स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो ।
विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उहाँ काठमाडौँ–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बन्नुभएको थियो । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै विसं २०७८ मा सम्पन्न कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित हुनुभएको थियो । कांग्रेस महामन्त्री पदमा थापा र विश्वप्रकाश शर्माको विजयले पार्टीभित्र मात्र नभइ अन्य पार्टी र स्वतन्त्र युवा समूहमा पनि उत्साह जागृत भएको थियो । थापालाई अर्का महामन्त्री शर्माले पनि भावी प्रधानमन्त्री भनी सार्वजनिक घोषणा गर्नुभएको थियो ।

फरक–फरक भूगोलमा पुगेर युवासँग अन्तक्र्रिया गर्न रुचाउननुहुने थापा सबैका अनुभव सुन्न लालायित बन्नुहुन्छ । विसं २०५९ असोजमा जननिर्वाचित सरकारलाई हटाएपछि भएका विभिन्न आन्दोलनका क्रममा दुई पटक राजद्रोहको मुद्दा खेप्नुभएका उहाँले राज्यबाट संविधानसभा पदक प्राप्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीको कुर्सी कति नजिक ?

गगन थापाको हकमा उनी मन्त्री र पार्टीको महामन्त्री भइसकेका, पटक–पटक सांसद भइसकेकाले त्यो स्वभाविक छ,’ उनले भने, ‘फेरि यो चुनावले नयाँ राजनीतिक धरातल तयार हुँदैछ । देशमा परिवर्तनको हुटहुटी र छटपटी मतदाताले व्यक्त गरेका छन् । यसले पुरानो पुस्तामाथि ठूलो दबाब सिर्जना भएको छ ।’

नेपालमा व्यक्ति वा दलले प्रधानमन्त्री घोषणा गर्ने परम्परा छैन । तर, चुनावी मैदानकाबीच थापाको दलको नेता बन्ने घोषणालाई आचार्यले दुई अर्थमा बुझेको बताए । ‘यो उनको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति पनि हुनसक्छ, अर्को वास्तविक आकांक्षा पनि हुनसक्छ,’ उनले भने ।

विगतमा संसद्मा हुँदा चर्को खबरदारी र निर्णायक मोडमा बलियो गरी जिम्मेवारी निभाएका थापा वाचाल समेत छन् । स्वच्छ सार्वजनिक छविका कारण पछिल्ला राष्ट्रिय राजनीतिक मुद्दामा उनको अडानलाई पार्टीको नेतृत्व र जनताले समेत रुचाएको देखिन्छ । पछिल्लो समय संसद्बाट एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा थापाले त्यस्तै भूमिका निभाए, जसले कांग्रेसजन र समग्र नेपाली राजनीतिमै उनको चर्चा भयो ।

अहिले कांग्रेसमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै कतिपय मुद्दामा उनको बोली यति अर्थपूर्ण बन्ने गर्दछ कि कुनै विवादास्पद मुद्दामा गगनले के बोल्छन् ? त्यो हेरेरमात्रै उनको पार्टी र अन्य राजनीतिक दलका नेताहरूले धारणा बनाउँछन् । चुनावअघि नै प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका नेपालको अहिलेको संसदीय व्यवस्थामा आगामी पाँच वर्षसम्मै प्रधानमन्त्री नबन्न पनि सक्छन् । तर, सार्वजनिकरुपमा भने थापाले आफूलाई पुष्टि गरिसकेका छन् ।

०६२/०६३ को जनआन्दोलनताका राजसंस्था फाल्ने र मुलुकलाई गणतन्त्रको बाटोमा अघि बढाउने वा नबढाउने भन्नेमा पार्टी अनिर्णित थियो । तर त्यही बेला गणतन्त्रको बाटो रोजेर स्पष्ट अडान पेश गरेका थापा आन्दोलनको ‘फ्रन्टलाइन’मा थिए ।

गणतन्त्र स्थापनापछि पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भए । प्रत्यक्ष टिकट वितरणमा उनले टिकट नपाएपछि आन्दोलनका ‘फ्रन्टलाइनर’लाई नै टिकट नदिइएको भनेर आलोचना भएपछि उनी सा‌ंसद भएका थिए । त्यसयताका दुई दशकमा उनी पटक–पटक परीक्षण भएका छन् । उनले निरन्तर राष्ट्रिय राजनीति र संसद्मा दबाबपूर्ण उपस्थिति दर्शाएका छन् । पार्टीमा दुई पुस्तालाई पछि पार्दै महामन्त्री बनेका थापाले यसपटक प्रधानमन्त्री उम्मेदवारकोरुपमा आफूलाई प्रस्तुत गरेका छन्, उनी उम्मेदवार मात्रै होइन, आगामी पाँच वर्षमा देश यसरी चलाउँछु भन्ने खाकासहित प्रस्तुत हुँदैछन् ।

पार्टीमा नेतृत्वको आशीर्वादमा होइन, पार्टीका कार्यकर्ता र मतदाताको माझबाट चुनिएर नेतृत्वमा पुगेका छन् उनी । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री भएर काम गरेका थापा ०६४ सालमा ३१ वर्षमै संसद् छिरे ।संविधानमा प्रभावकारी देखाएका थापा ०६७ को कांग्रेस महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्य भए । ०७२ मा एकैपटक महामन्त्रीको चुनाव लडेका थापा यसपटकको महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री बनेका हुन् । उनको संसदीय यात्रा पनि अहिलेसम्म अपराजित छ ।

पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भएका उनी ०७० मा काठमाडौं–४ बाट चुनाव लडे । त्यसबेला उनले एमालेका निर्मल कुइँकेललाई १३ हजारभन्दा धेरै मतले पराजित गरे ।

थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका कुइँकेलले ९ हजार १३५ मत ल्याएका थिए । थापा ०७४ पनि त्यही क्षेत्रबाट दोहोरिएर निर्वाचित भए । देशभर बामगठबन्धन हुँदा थापाले भने एमालेका राजन भट्टराईलाई ३ हजार ४१६ मतले पराजित गरेका थिए । त्यसबेला थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत पाएका थिए । थापाले यसपटक ७ हजार ४४७ मतले एमालेका भट्टराईलाई पराजित गरेका छन् । उनले २१ हजार ३०२ मत ल्याउँदा एमालेका भट्टराईले १३ हजार ८५५ मत पाएका छन् ।

संसदीय दलको नेता बन्न पार्टीबाट निर्वाचित सांसदमध्ये बहुमत जुटाउनुपर्छ । संसदीय दलको नेता बनेपछि प्रधानमन्त्री बन्न संसदमा बहुमत जुटाउनुपर्छ । राजनीतिक विश्लेषक आचार्य अहिलेकै अवस्थामा भने थापालाई दलको नेता र प्रधानमन्त्री दुवै बन्न असहज देख्छन् ।

‘प्रधानमन्त्री बन्न पहिले पार्टीका सांसदहरूको बीचबाट दलको नेता निर्वाचित हुनुपर्छ, त्यसपछि गठबन्धनका दलले पनि विश्वास गर्नुपर्ने हुन्छ, अहिलेको अवस्था हेर्दा त्यो सहज चाहिँ छैन,’ उनी भन्छन्, ‘फेरि हाम्रा पार्टीका महामन्त्रीहरू मन्त्री पनि नभई राजनीतिबाट बाहिरिएका उदाहरण पनि छन् ।’