२६ बैशाख २०८१, बुधबार

सत्ता गठबन्धनतर्फबाट कांग्रेसका कार्कीको अग्रता उदयपुर प्रदेश १ (ख) मा, रायमाझीको अग्रता २ मा

congress uml

उदयपुर निर्वाचन क्षेत्र नं१ प्रदेश सभा निर्वाचन( ख) को मतगणना सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदबार हिमाल कार्कीले अग्रता कायम गरेका छन् ।

उनले २३७० मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्दी नेकपा एमालेका ईश्वरमणि राउतले १८४१ मत पाएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार ५ हजार २ सय १४ मतगणना गर्दा यस्ता नजिता आएको हो । ३७ हजार ३२१ मत खसेको छ ।

उदयपुर-२ मा एमालेका रायमाझीको अग्रता

उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् । उनले ५०९४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ४३२१ मतका साथ पछयाई रहेका छन। 

त्यसगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३२०२ मत पाएका छन् । अहिले सम्म १४६४२ मत गणना भई सकेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।