२६ बैशाख २०८१, बुधबार

निरन्तर अग्रता जनमत पार्टीका अध्यक्ष सिके राउतकाे सप्तरी २ मा

upendra ck

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष  डा. सिके राउतकाे अग्रता कायमै रहेकाे छ । डा. राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् । 

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ६ सय ७० मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुर चार सय ९१ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी-२ (क) मा जनमत पार्टीका सतिस सिंहले एक हजार सात सय २९ मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह आठ सय १४ मत प्राप्त  गरि दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ६ सय १९ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

सप्तरी २ (ख) मा जनमत पार्टीका महेश यादवले एक हजार चार सय ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।