१४ बैशाख २०८१, शुक्रबार

संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश

nepal parliament building

आज (आइतबार) नेपालको संविधान संशोधन प्रस्ताव संसदको प्रतिनिधिसभाको बैठकमा पेस भएको छ । कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसदमा पेस गरेकी हुन्।

कानूनमन्त्रीले पेश गरेको संविधान संशोधन प्रस्तावमाथि थप संशोधनका लागि ३ दिनको समय दिनुपर्ने संसद नियमावलीमा व्यवस्था रहेको छ ।

संविधान संशोधन प्रस्तावमाथि सांसदहरुबाट विरोधको सूचना प्राप्त नभएकाले सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव संसदमा पेश गर्न समय दिएका थिए।

दलहरुका बिचमा नियमावलीको व्यवस्था निलम्बन गर्न सहमति जुट्यो भने ७२ घण्टा समेत निलम्बन हुनसक्ने व्यवस्था समेत छ ।