७ बैशाख २०८१, शुक्रबार

नेपालमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

corona nepal

पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।

तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन्।

यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।