१५ चैत्र २०८०, बिहीबार

बालाजुमा मिनिट्रक र स्कुटर जुध्दा स्कुटर सवार २ जनाको निधन

accident

काठमाडौंको बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

बा २ ख ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो । घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो।

मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।