८ बैशाख २०८१, शनिबार

सेनाले ललितपुरका कोरोना संक्रमितको अन्त्येष्टि गर्न लैजाँदा शवदाहगृहमा ताल्चा लागेको भेटिएपछी

pashupati cremation electric

कोरोना संक्रमणको कारण ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषले बुधबार साँझ किस्ट अस्पतालमा ज्यान गुमाएका थिए । उनको बिहीबार साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिएको छ।

नेपाली सेनाको तालिमप्राप्त टोलीले किष्ट अस्पतालबाट पशुपतिस्थित विद्युतीय शवदाहगृहमा मृतकको अन्त्येष्टि गर्न लैजाँदा विद्युतीय शवदाहगृहमा कर्मचारी नै नभएको पाइएको थियो । शवदाह गृहमा ताल्चा लगाएको भेटिएको थियो ।

यद्यपि, पशुपति क्षेत्र विकास कोषका सदस्यले भने शव दाहगृह बन्द नभयो र बेलुका ६ बजेको नियमित बन्द भएको जनाए ।

त्यसपछी पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको बैठकले अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले लगाएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) दिएपछि बल्ल शव जलाउने प्रक्रिया शुरु भएको थियो ।

जेठ ११ गते अस्पताल भर्ना भएका उनको १२ गते स्वाब परीक्षणका लागि पठाइएको थियो। मृतक ‘अल्कोहलिक लिभर डिजिज’ का कारण अस्पताल भर्ना भएका थिए भने उनमा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो ।