२० बैशाख २०८१, बिहीबार

यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका गृहमन्त्री खाण तिहारका बेला पनि मतदातासँग भोट माग्दै

311866997 3240866439556991 4682774505448881671 n

गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।

उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् ।

स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरैपटक ठूल्ठूला ओेहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।

गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् ।
यसअघि गृहमन्त्री खाँणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दशै तिहारको शुभकामना कार्ड पठाएका थिए । उनले सबैको नामसमेत उल्लेख गरी कार्ड पठाएका थिए । 

311966840 3240866649556970 942469479834486247 n
311866997 3240866439556991 4682774505448881671 n
311688550 3240867126223589 1922381794616428524 n
311481812 3240866702890298 8298612415754470332 n