४ जेष्ठ २०८१, शुक्रबार

मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

312384459 1125893724980935 2132298857445800156 n

मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन् ।

शर्माले यस अघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । “यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु” उनी बताउँछन् ।

312603803 672381890969168 7981990932443992298 n

    सम्बन्धित समाचार...