१४ बैशाख २०८१, शुक्रबार

युवा तथा खेलकुद क्षेत्रको बजेट गत वर्षभन्दा कम

Khelkud mantralaya

आर्थिक वर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको बजेटमा सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्याएको छ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको यो बजेट खेलकुद मन्त्रालयका लागि चालू आर्थिक वर्षमा छुट्याइएको भन्दा १ अर्ब ६३ करोड कम हो। सरकारले चालू आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड बजेट छुट्याएको थियो। यो रकम १३औं दक्षिण एसियाली खेलकुद बाहेकको हो।

चालू आर्थिक वर्षमा पनि सरकारले बजेट घटाएको थियो। ०७५/७६ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ छुट्याइएको थियो।

सरकारले आगामी आर्थिक वर्षमा युवा परिचालन, युवामा उद्यमशीलता विकास गर्न र विपद् व्यवस्थामा पनि युवालाई परिचालन गर्न बजेट छुट्याएको छ।

संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, प्रतियोगिताको आयोजन र प्रशिक्षणका कार्यक्रम संचालन गर्ने सरकारले घोषणा गरेको छ।

निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिषरको निर्माण र अन्य प्रादेशीक रंगशाला निर्माण सुरु गर्न आवश्यक रकम बिनियोजन गरिएको छ।

सबै स्थानीय तहमा खेल ग्रामको विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न पूर्वाधार निर्माणका लागि रकम बिनियोजन गरिएको छ।

खेलकुद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन हुने सक्ने गरी पूर्वाधार विकास गर्न, उच्च पर्वतिय खेलकुद तालिक केन्द्र स्थापना गर्न र थप कबर्ड हल निर्माण गर्न बजेट बिनियोजन गरिएको छ।

सरकारले चालू आर्थिक वर्षमा पनि काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बटेज छुट्याएको थियो। यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण र सवै स्थानिय तहमा खेल ग्राम निर्माणका लागि पनि बजेट छुट्याइएको थियो।