२५ बैशाख २०८१, मंगलवार

मणिलेक मावि गुरुखोलामा चोरी, दुई युवक पक्राउ

School

बैतडीको एक विद्यालयमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द–४ का २० वर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबैमाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।