२३ बैशाख २०८१, आईतवार

आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले स्वीकार गरे युक्रेनी दबाबको सामना गर्दै

Russian Army

युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् । 

युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका हुन् । क्रेमलिनद्वारा स्थापित रणनीतिक दक्षिणी क्षेत्र खेरसनका प्रमुखले मंगलबार डिनिप्रो नदीका चार शहरहरूबाट नागरिकहरूको ‘संगठित, क्रमिक विस्थापन’, घोषणा गरे ।

खेरसनमा रुसी सेनाहरू पछिल्ला केही हप्ताहरूमा २० देखि ३० किलोमिटर पछाडि धकेलिएका छन् । 

पछिल्ला समयमा सेन्य अपरेसनको स्थिति तनावपूर्ण भएको रुसले जनाएको छ । ‘विशेष सैन्य अपरेसन’को क्षेत्रको स्थिति तनावपूर्ण रूपमा वर्णन गर्न सकिन्छ’, रूसी वायुसेना जनरल सर्गेई सुरोविकिनले भने । युक्रेन र रुस दुवैले नागरिकलाई निशाना बनाएको अस्वीकार गर्दै आएका छन्, यद्यपि किभले मस्कोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाएका छन् ।