१४ बैशाख २०८१, शुक्रबार

कोरोनाका कारण विदेशमा अलपत्र नेपालीको लागि सरकारले छुट्यायो बजेट, आगामी आवमा दुई लाख युवाले रोजगारी पाउने

arthamantri

सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सरकारले रकम विनियोजन गरेको छ।

सरकारले करिब २५ हजार नेपाली नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । सरकारले बजेटमार्फत रकम विनियोजन गरेको हो । 

कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएका, भिसा अवधी सकिएका, विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

सरकारअन्तर्गतको कोभिड– १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)ले स्वदेश फर्कने नेपालीलाई राख्ने क्वारेन्टाइनलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकेको छ ।

विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउनका लागिसमेत सरकारले बजेट विनियोजन गरेको छ।

आगामी आवमा दुई लाख युवाले रोजगारी पाउने

सरकारले आफ्नो गाउँ आफ्नो बनाऔं अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

स्थानीय कार्यक्रममा विपन्न लक्षित कामका लागि खाद्यान्न कार्यक्रम चलाइनेछ। बेरोजगार र विदेशबाट फर्किएका युवालाई श्रममा लगाइने बजेटमा उल्लेख छ।

प्रधानमन्त्री रोजगार कोषमा ११ अर्ब ६० करोड जम्मा भइसकेको छ। आगामी आवमा २ लाखलाई काम दिने सरकारको लक्ष्य छ।