१७ बैशाख २०८१, सोमबार

नवप्रवर्तन कोष स्थापनाका लागि ५० करोडको कोष, घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत

yubaraj khatiwada

सरकारले नवप्रवर्तन कार्यकमा लगानी गर्न चाहनेका लागि २ प्रतिशत ब्याजमा पाइने सुविधाजनक कर्जाका लागि ५० करोडको कोष स्थापना गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

उनले नवप्रवर्तन गर्न चाहने युवाका लागि यो योजना ल्याइएको बताएका हुन्।

घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत दरको कर्जा दिन ५० अर्बको कोष

घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीको लागि ५० अर्ब लागि सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा भएको छ।

संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ।