१६ चैत्र २०८०, शुक्रबार

उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल

yubaraj khatiwada

सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। ‘उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाइने छ’, बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले भने, ‘सबै प्रदेशमा दुई सय शैय्याको अस्पताल बनाइने छ।’

स्वास्थ्य सेवामा खटिका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने घोषणासमेत अर्थमन्त्री खतिवडाले गरेका छन्। उनले स्वास्थ्यकर्मीलाई पाँच लाखको निशुल्क स्वास्थ्य बिमा गरिने बताए।
हरेक प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाउने घोषणा गर्दै सरकारले प्रत्येक स्थानीय तहमा १५ बेडसम्मको अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको बताएको छ।

सरकारले यो वर्ष सबै रोगसँग लडेर जनजीवन सहज बनाउने उद्देश्य लिएको छ। मन्त्री खतिवडाले कोरोना भाइरसलगायत संक्रामक रोग र अरु रोगसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्याउने उद्देश्य रहेको बताएका हुन्।

उनले स्वजास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायर विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, संक्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउने उद्देश्य सरकारको रहेको प्रष्ट पारेका हुन्।

सरकारले बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने

अर्थमन्त्री युवराज खतिवडाले सबै बालबालिकाको मुटुको उपचार निःशुल्क गराउने व्यवस्था मिलाएको बताएको छन् । संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै खतिवडाले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन गरिएको बताएका छन् ।

सबै स्थानिय तहका ४० प्रतिशत जनसख्यालाइ स्वास्थ्य बिमाको दायरमा ल्याउने, एक चिकित्सक एक स्वास्थ्य संस्थाको विकास गरिने उनले बताएका छन् ।

कोरोना उपचारमा खटिएका स्वास्थ्यकमर्मीहरूलाई ५ लाखसम्मको निःशुल्क बीमा गर्ने वजेट वक्तव्यमा छ ।

त्यस्तै राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टरहरू स्थापना गरिने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु ९० अर्ब ६९ करोड पुर्‍याइएको उनले बताए ।

    सम्बन्धित समाचार...