१५ बैशाख २०८१, शनिबार

स्थानीय तहमा २७२ अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन, स्वास्थ्य मन्त्रालयलाई ९० अर्बभन्दा बढी बजेट

yubaraj khatiwada

सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक बर्ष २०७६–०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट व्यवस्था गरिएको बताए।

यस्तै, सरकारले निरोगी नेपाल अघि बढाउन सन्तुलित आहर स्वस्थ्य जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्न व्यामशाला योग केन्द्र चलाउने भएको छ। यसैगरी, सरकारले राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने घोषणा गरेको छ।

स्वास्थ्य मन्त्रालयलाई ९० अर्बभन्दा बढी बजेट

  • बजेटमा निरोगी नेपाल अभियान अघि बढाइनेछ ।
  • आयुर्वेद लगायतका उपचार विधिलाई प्रोत्साह गरिनेछ ।
  • निजी क्षेत्रबाट सञ्चालन गर्ने स्वास्थ्य सेवाको अनुगमन गरिनेछ ।
  • प्राकृतिक विपदमा निजी अस्पतालाई पनि प्रयोग गरिने भएको छ ।
  • अतिआवश्यक औषधिको मौज्दात राख्ने व्यवस्था गरिएको छ ।
  • राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर स्थापना गरिनेछ ।
  • एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने अर्थमन्त्रीले बताएका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्बभन्दा बढी बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन ।

    सम्बन्धित समाचार...