१६ चैत्र २०८०, शुक्रबार

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

yubaraj khatiwada

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क स्वास्थ्य बिमा

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई पाँच लाखसम्मको स्वास्थ्य बिमा गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत यस्तो व्यवस्था गरेका हुन् । 

यसले स्वास्थ्यकर्मीको मनोबल वृद्धि गर्ने उनले बताए ।  

साथै उनले कोरोना रोकथामका लागि उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको बताए ।

त्यसैगरी परीक्षणको दायरा बढाउने, क्वारेन्टाइन विस्तार गर्नेजस्ता कार्यका लागि पनि पर्याप्त बजेट विनियोजन गरेको उनको भनाइ छ ।