१६ बैशाख २०८१, आईतवार

एयरफिल्डबाट प्रशिक्षण उडानको रुसी लडाकु विमान दुर्घटना, १३ जनाको निधन

russia air

रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को निधन भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको निधन भएको जनाएको हो ।

निधन हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ । १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ । 

यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरेका छन् । 

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो । दुर्घटनाले १७ वटा अपार्टमेन्टमा क्षति पुर्‍याएको छ ।