१५ चैत्र २०८०, बिहीबार

विभागीय टिम हाबी, हालसम्म ६ सय १९ पदकको छिनोफानो

1651896134 9th National game maskat Logo

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म ६ सय १९ पदकको छिनोफानो भएको छ । आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदक सहित कुल १ सय ६० पदक पाएको छ ।

विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ । पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कांस्यपदकसहित ९१ पदक जितेको हो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदक सहित कुल १ सय २ पदक हात पारेको छ ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कांस्य पदक सहित ५३ पदक पायो । सुदूर पश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कांस्य सहित २६ पदक पाउँदा एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कांस्य सहित १६ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कांस्य पदकसहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कांस्य सहित ४७ पदक जितेका छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कांस्य सहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कांस्य पदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता अन्तरगतका खेलहरू जारी रहेका छन् ।

    सम्बन्धित समाचार...