७ जेष्ठ २०८१, सोमबार

दलहरुका चुनावी जोडघटाउमा असर

localElectionAllParties

प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन मात्र होइन, विपक्षी एमालेसमेत कतिपय ठाउँमा तालमेल गरेर मैदानमा छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये भागबन्डा गरेर उम्मेदवारी दिए पनि कतिपय स्थानमा गठबन्धनविरुद्ध त कतिपयमा पार्टीभित्रकै असन्तुष्ट नेताले चुनौती दिएका छन् । यसले दलहरुका चुनावी जोडघटाउमा असर पर्ने देखिएको छ ।

नेकपा एमालेले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बाँकी स्थानमा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ । कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । तर ८ स्थानमा आधिकारिक उम्मेदवारविरुद्ध नै बागी उम्मेदवारी परेको छ । काठमाडौं-७ मा रामवीर मानन्धर, दाङ-१ मा गंगा चौधरीसहितले बागी उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसले ९१ स्थानमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनसँग भागबन्डा गरेर चुनावमा होमिएको कांग्रेसका उम्मेदवारविरुद्ध ४ स्थानमा बागी उम्मेदवारी छ । नेता अमरेसकुमार सिहंसहितका नेताले आधिकारिक उम्मेदवारलाई चुनौती दिएका छन् । माओवादी र एकीकृत समाजवादीले समेत भागबन्डाविपरीत कतिपय स्थानमा उम्मेदवारी दिएका छन् ।

पार्टीभित्र सिट बाँडफाँटमा सन्तुलन कायम हुन नसक्नु र गठबन्धनको औचित्य सावित हुन नसक्दा आधिकारिक उम्मेदवारले बागीको अल्झन बेहोर्नुपरेको कांग्रेस नेताको बुझाइ छ ।

माओवादीले देशभरका ४८ स्थानमा उम्मेदवारी दिएको छ । गठबन्धनको भागबण्डामा ४५ सिट पाए पनि कतिपय स्थानमा कुरा मिल्न नसक्दा माओवादीले अलग्गै उम्मेदवारी दिएको छ । तर माओवादीभित्र समेत ५ क्षेत्रमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

दलहरुभित्र परेका बागी उम्मेदवारीले निर्वाचन नतिजामा समेत असर पर्ने देखिन्छ । यसबाट दलहरुले आगामी दिनमा आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने देखाएको छ ।

Capture 4
Capture 1 2
Capture 2 1