१४ बैशाख २०८१, शुक्रबार

अफ्रीका, भारत र पाकिस्तानमा ताण्डव मच्चाएको सलह नेपाल छिर्दै ?

locust

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेको छ । खाद्य र कृषि संगठन (एफएओ) को एक रिपोर्ट अनुसार अनुकूल मौसमको अवस्थाका कारण मरुभूमि सलहहरू भारतमा सामान्य भन्दा ४०० गुणा बढी प्रजनन गरिरहेका छन्।

एक बथानमा करिब ८० लाख सलह हुन्छन भने वातनुकुल मौसम मा यिनिहरु १५० किलोमिटर सम्म उडेर जान सक्छन ।

चीनमा कोरोना भाइरसको प्रकोप शुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भएका थिए ।

यसकारण सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्‍ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए ।

सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सूदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ।

मन्त्रालयले सलह कीराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता केसीले बताए।

खाद्य र कृषि संगठन (एफएओ) को अनुसार वसन्त ऋतुमा जन्मिएका अपरिपक्व वयस्क सलह र यसको झुण्ड पाकिस्तान देखि राजस्थान आइपुगिसकेका छन्। तिनीहरू पूर्वी दिशा हुँदै मध्य प्रदेश र महाराष्ट्र सम्म फैलिएर आंतक मचाईरहेका छन्।

faq warning
सलह आतंक को हाल को स्थिती

मे २६ सम्म, कम्तिमा एउटा झुण्ड भोपाल सम्म पुगेको छ । ती सलहहरू प्रायः बंगालको खाडीमा आएको चक्रवात एम्फानबाट चलेको वेस्टर्ली बताससँग सम्बन्धित रहेको पाइएको छ।

एफ ए ओ को पूर्वानुमान अनुसार राजस्थानमा जुलाई मसान्त सम्म लगातार सलह आक्रमणका लहरहरू आउन सक्नेछन । यि झुण्डहरु भारतको उत्तर पूर्वी दिशामा बिहार र उडिसासम्म पुग्न सक्ने आंकलन गरिएको छ ।

fao forecast
जुलाई सम्म एफ्.ए.ओ सलह प्रकोप को पुर्वानुमान