१४ बैशाख २०८१, शुक्रबार

सलहको नयाँ झुण्ड नेपाल प्रवेशः प्रदेशमा ५ सलह देखिएपछि किसान चिन्तित

locust

सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको प्रदेश ५ कृषि निर्देशानालयले जनाएको छ ।

प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे भारतको उत्तरप्रदेशको सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा हुँदै नेपाल प्रवेश गरेको हो। 

त्यस्तै दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा पनि सलहका झुण्ड देखिएको र उक्त स्थानमा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि उत्तर पूर्व तर्फ लागेको सूचना प्राप्त भएको केन्द्रले जनाएको छ। 

उनले भने ‘दाङमा आज सहल देखिएको छ, विवरण संकलन र अन्य काम भइरहेको छ । यसअघिको भन्दा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसानहरुले बताएका छन् ।’ किरा फैलिएर मकैबालीमा बसेको छन् । भने सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने काम गरिएको छ ।

दाङ जिल्लाको गढवा गाउँपालिकाको वडा नम्बर २ र ३ मा प्रवेश गरेको छ भने दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ । तर ती स्थानहरुमा कृषक तथा समूदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि त्यो झुण्ड उत्तर पूर्वतर्फ लागेको केन्द्रले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेको छ । यसअघि आएको सलह किराले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीमा प्रवेश गरेको थियो । यतिबेला तराईमा धान लगाउने सिजन र पहाडतिर मकै हुकर्ने सिजन छ । अहिले तराईमाभन्दा पहाडमा मकैमा धेरै क्षति गर्न सक्ने अनुमान गरिएको छ । यसअघि दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पु(याएको थियो । क्षति विवरण संकलन अझै भएको छैन ।

यसका अतिरिक्त थप झूण्डहरु समेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

उक्त सलहले प्यूठान अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ सजक भएर बस्न केन्द्रले आग्रह गरेको छ।