६ जेष्ठ २०८१, आईतवार

सारा घेराबन्दीका बीच एमालेले १३८ सिट जितेर सरकार बनाउँछः विशाल भट्टराई

Bishal Bhattarai
फाइल फोटो

नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीले १३८ सिट जितेर सरकार बनाउने दाबी गरेका छन् ।

‘अहिले हामी नेकपा एमालेले किन जित्नुपर्छ भनेर जनतामा जान लागेका छौं । निर्वाचन रणनीति बनाउनका लागि छलफल, गोष्ठी, भेला गरिरहेका छौं ।

१ सय ३८ भन्दा ज्यादा सिट जितेर केन्द्र र सबै प्रदेशमा सरकार बनाउने तयारीमा छौं,’ । ‘नेपाली बहस’मा कुरा गर्दै भट्टराईले भने ।

नेपाली कांग्रेसको समेत भोट पाएर आफूले जित्ने पनि उनले ठोकुवा गरे । भट्टराईले थपे, ‘खोटाङमा एमालेपछिको दोस्रो पार्टी नेपाली कांग्रेस हो । तर दुई हजार भोट पनि नभएको पार्टीले उम्मेदवारी दिएको छ ।

अघिल्लो पटक माओवादीसँग मिलेर लड्दा हामीले संघ र प्रदेशमा सिट पाएका थियौं । तर कांग्रेसले प्रदेशमा जम्मा एउटा सिट पाएको छ । त्यसले कांग्रेसजनमा चरम निराशा छ ।

माओवादीलाई भोट हाल्न अप्ठ्यारो मानिरहनुभएको छ । प्रतिनिधिसभामा एमालेको १३८ मा एक सिट खोटाङको पनि हुन्छ । हामी तीनै सिट जित्छौं ।’

सारा घेराबन्दीका बीच पनि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको नतिजाका कारण आगामी सरकार एमालेकै हुने उनको दाबी छ । भट्टराईले भने, ‘सारा गठबन्धनका बाबजुद कांग्रेसले ४० प्रतिशत जितेको हो । हामी एक्लैले ३४ प्रतिशत सिट जित्यौं ।

एमालेसँग पराजित हुने डरले गठबन्धन गरे । तर हाम्रो गठबन्धन जनतासँग छ ।’ आफ्नो सांसद कार्यकालमा खोटाङमा २० वटा पक्की पुल बनाएको पनि उनको दाबी छ । राम्रो काम गर्ने पुराना उम्मेदवारले जित्ने पनि उनले बताए ।