६ जेष्ठ २०८१, आईतवार

काम चलाउ सरकारका प्रधानमन्त्रीले जसपाका मन्त्रीहरु हटाउन पाउने कि नपाउने ? आयोगका सहप्रवक्ता अर्याल यस्तो भन्छन्

aryal

प्रतिनिधिसभातर्फ २ हजार ४१२ जना र प्रदेशसभातर्फ ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । हिजो प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

सहप्रवक्ता अर्यालका अनुसार प्रतिनिधिसभातर्फ २ हजार १८७ पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम छ । प्रदेशसभातर्फ २ हजार ९४३ जना पुरुष र २८० जना महिला र अन्य १ जना छन् ।

निर्वाचन कानुन बमोजिम दाबी विरोध आएकाले केही उम्मेदवारी खारेज भएको पनि अर्यालले औंल्याए । उनले भने, ‘उम्मेदवारी खारेजी कानुनी व्यवस्था बमोजिम नै भएको हो । उम्मेदवारको योग्यता र अयोग्यता हेरेर मात्र बदर हुन्छ । यथेष्ट तथ्य र प्रमाणबिना कसैको उम्मेदवारी खारेजी हुँदैन ।’

लौरो चिह्न पार्टीको नाममा दर्ता भएकाले स्वतन्त्र उम्मेदवारले नपाएको पनि अर्यालले स्पष्ट पारे । निर्वाचन आचार संहिता पालना गर्न आयोगले कुनै कसर बाँकी नराखने पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘छिटपुट रुपमा आचार संहिता उल्लंघनका कुरा आएका छन्, तिनमा आयोगको ध्यानाकर्षण भएको छ । निर्वाचनको स्वच्छता र मर्यादाका लागि हामी सचेत गराउँछौं, स्पष्टीकरण सोध्छौं, कारबाही गर्छौं । आयोगले कसैसँग कुनै सम्झौता गर्दैन ।’

साथै निर्वाचन आयोगका सहप्रवक्ता अर्यालले काम चलाउ सरकारले मन्त्री नियुक्त गर्न नपाउने बताए । उनले भने, ‘मन्त्री हटाउन पाउने कि नपाउने भन्ने प्रश्नमा एस र नो भन्दा पनि प्रधानमन्त्रीले आफूलाई दिएको जिम्मेवारी अगाडि बढाउनु राम्रो हुन्छ । वेस्ट मिनिस्टर मोडल अनुसार निर्वाचन घोषणापछि सरकार काम चलाउ हुने भएकाले कुनै पनि नियुक्ति गर्न पाइँदैन ।’