१२ बैशाख २०८१, बुधबार

मयाँ त यस्तो होस्

99272313 589111775042239 5593529475166896128 n scaled

“मलाई पनि छिट्टै स्वर्ग जान पाए हुन्थियो जस्तो भएको छ,उनले मलाई स्वर्गमा कुरी बसेकी छिन्” यो भनाई विगत ८-९ वर्ष पहिले श्रीमतीको मृत्यू पश्चात विरक्तिएर घर छोडी हिँडेका ७३ बर्षिय चतुरमान माझी को हो ।

उनी अहिले काठमाण्डौको डिल्लीबजार नजिकैको विपलको बोटको मन्दिरको पेटिमा जिविका चलाई रहेका छन् । जव श्रीमतीको मृत्यू भयो त्यसपछि उनलाई श्रीमतीको यादले अत्यन्तै सताउन थाल्यो र हरेक पल उनलाई श्रीमतीको कल्पना र झल्कोले घर बस्न नै मन लागेन र उनले घर नै छोडेर हिँड्ने निणर्य गरे । उनलाई छोराबुहारीले अनेकौं खुशी दिन खोजेपनि श्रीमतीको माय र यादको अगाडी सबै फिक्का सावित भए ।

अहिले उनी विहान ४ बजे नै उठ्छन् डिल्लिबजार,मैतिदेवी,अनामनगरको गल्ली गल्ली नाम्लो बोकेर हिँड्छन् र कोही कसैले भारी बोक्ने काम दिए भने भारी बोक्ने काम गर्छन र भारी बोक्न पाएनन् भने पसल पसलबाट कार्टुनहरु जम्मा गरी कवाड पसलमा लगेर बेच्ने गर्छन ।

यो उमेरमा पनि ५०-६० किलोको भारी सजिलै बोक्छन् भने परि आएमा २ बोरा सिमेन्ट एकै खेपमा बोक्न सक्ने कुरा सगर्वका साथ सुनाउँछन् । आजसम्म विरामी परेर औषधी खान नपरेको उनलाई कुनैपनि रोगले आँखा लगाउन सकेको छैन ।

१७ बर्षको उमेरमा विहे गरेका उनले आफ्नो श्रीमती सँग ५२ बर्ष सँगै विताए पनि कुनै दिनमा पनि एक अर्कामा मनमुटाव नभएको बताउँछन् । श्रीमती हरेक दिनजसो सपनामा आएर आफुसँग कुरा गर्ने कुरा उनी वताउँछन् । उनको जीवनको अत्यन्तै रोचक कहानी सहतिको विस्तृत संङ्गालो “परिच्छेद सेन” युट्युब च्यानलबाट “नदुखुन मनहरु” कार्यक्रमको १२ औं श्रृंखला प्रसारण भएको छ ।

नोट: दुखुन मनहरु कार्यक्रमले यस्तै कर्मठ, ईमानदार, मेहनती ब्यक्तिहरु जो दुस्खमा छन्, जसको अँखामा आशु छल्कियको छ, उनीहरू को आखाको आशु पुछी उनीहरुको मुहारमा क्षणिक भए पनि खुशी दिने कार्य गर्दै आएको छ । नदुखुन मनहरु कार्यक्रम हरेक हप्ताको सनिवार र मंगलबार परिच्छेद सेन नामक युटयुब च्यानल र नेपाल घटना मार्फत प्रसारण हुँदै आईरहेको छ ।

सधैं खुशी रहनुहोस्, सक्नु हुन्छ अरुलाई खुशी बढनुहोस्, सक्नु हुन्न कसैको खुशी नछिन्नुहोस ।