१३ बैशाख २०८१, बिहीबार

कुल संक्रमित ८८६, एकै दिन ११४ थपिए

Coronavirus 1

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

हेटौडामा भएको परीक्षणमा हेटौडा उपमहानगरपालिकाका १ र रौतहतको गढिमाइ नगरपालिकाका ७ जना रहेका छन ।

कोसी अस्पतालमा भएको परीक्षणमा झापा गौरादहका २ र कचनकवलका १५ जना रहेका छन । पोखराको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा वाग्लुङको तमानखोलाका ४ जना र वडिगाडका २ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी भेरी अस्पतालमा गरिएको परिक्षमा थप १६ जना भेटिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोजेटिभ देखिएका सबै ११ जना सप्तरीका रहेका छन् ।

यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परीक्षणमा ३८ जना सङ्क्रमित भेटिएका छन् ।

यी परीक्षणहरु काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको हो ।

हालसम्म संक्रमण देखिएकामध्ये ७ सय ९६ पुरुष रहेका छन भने ९० जना महिला रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको छ ।

यस्तै १ सय ८३ जना डिस्चार्ज भएका छन् । आज मात्रै थप २८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।