७ बैशाख २०८१, शुक्रबार

बजेट अगावै संविधान संशोधन हुने सम्भावना न्युन, प्रतिनिधिसभा कार्यसूचीबाटै हट्यो

nepal parliament building

आज(बुधबार)पेश हुने भनिएको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ प्रतिनिधिसभा कार्यसूचीबाटै हटाइएको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दलीय सहमतिलगायतका विषय थाती रहेपछि यसलाई कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

सरकारले जारी गरेको नयाँ नक्सा नेपालको निशान छापमा समावेश गर्न संविधान संशोधन गर्न लागेको छ।

संसदमा विधेयक पेश गर्नु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा यो पटक नक्शा बाहेकका विषयमा संविधान संशोधन नहुने बताएका थिए ।

उक्त बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधेयक पारित गर्न समय माग गरेका थिए ।

भोलि संसदमा बजेट प्रस्तुत हुने भएपछि अझै केही दिन संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने सम्भावना छैन।