१ जेष्ठ २०८१, मंगलवार

मल्ल र ढकालको उम्मेदवारीले देउवा अप्ठ्यारोमा

deuwa sagar karna

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालदेखि सातौं पटक संघीय निर्वाचनका लागि डडेल्धुराबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ लिएर यस पटक देउवा चुनावमा होमिएका छन् । तर उनलाई आफ्नै पूर्वस्वकीय सचिव कर्णबहादुर मल्ल र सागर ढकालले चुनौती दिएका छन् । देउवालाई मल्ल र ढकालको उम्मेदवारीले केही अप्ठ्यारो पारेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर निर्वाचित हुादै आएका छन् । २०६४ सालमा कञ्चनपुरबाट र ७० सालमा कैलालीबाट समेत उनी विजयी भए ।

छैठौं पटक प्रधानमन्त्री बन्ने लालसासहति सातौं पटक निर्वाचनमा होमिएका उनलाई यस पटक आफ्नै पूर्वस्वकीय सचिव कर्णबहादुर मल्लले चुनौती दिएका छन् । त्यति मात्र होइन नयाा पुस्ताले मुलुकको नेतृत्व लिनुपर्ने नाराका साथ सागर ढकालले दिएको उम्मेदवारीले पनि देउवालाई केही असहज बनाएको छ ।

त्यसो त देउवालाई अर्को एउटा पक्ष हेर्दा भने केही सहज जस्तो पनि देखिन्छ । यसअघिका तीन वटा निर्वाचनमा देउवासाग पराजित भएका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट यस पटक देउवाका मुख्य निर्वाचन सारथी बनेका छन् । लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानसागै भट्टको सहयोग देउवाका लागि बलियो आधार बनेको छ ।

२०७४ सालको चुनावमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको अवस्था कमजोर रहादा पनि देउवाले जितेका थिए । त्यसमाथि प्रधानमन्त्रीसमेत भएका र तत्काल निर्णय गर्न सक्ने क्षमताका कारण उनले आन्तरिक विवादसमेत मिलाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्न सक्ने विश्लेषक बताउाछन् ।

त्यसो त देउवाले २०४८ सालदेखि चुनावी नारा परिवर्तन गर्न सकेका छैनन् । यसलाई मतदाताले सहज रुपमा नलिएकाले देउवाले निर्वाचनको माहोल आफ्नो पक्षमा परिहाल्छ भनेर ढुक्क हुने अवस्था भने छैन ।