१६ बैशाख २०८१, आईतवार

चिन्ताजनक सत्यमोहन जोशीको अवस्था, आईसीयूमा उपचार जारी

satymohan joshi

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएकाे छ । किष्ट अस्पतालले जारी गरेकाे विज्ञप्ति अनुसार उहाँकाे स्वास्थ्य अवस्थामा सुधार नभएकाे र उन्टिबायाेटिक शुरू गरिएकाे छ ।

अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक शुरु गरिएको छ।

यसैगरी, मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको विज्ञप्तिमा जनाइएकाे छ ।

120825359309946732 637281387954310 4965318203380397992 n SRt8hYAyaK

    सम्बन्धित समाचार...