१५ चैत्र २०८०, बिहीबार

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

vijay
फाइल फोटो

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । 

तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् । 

311430612 497014145640219 8424482907439221694 n
311442244 511954110399570 3526743959574457111 n