२५ बैशाख २०८१, मंगलवार

अभियान लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि, ४४ अंकले बढेको नेप्से परिसूचक सोमबार २७ अंकले गिरावट

stock

आईतवार ४४ अंकले बढेको नेप्से परिसूचक सोमवार २७ अंकले गिरावट आएको छ ।

साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक २७.१६ अंकले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

सोमवार कोरोबारमा आएका २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमा म्युचुअल फण्ड बाहेक १२ वटा उपसमूहको सूचक घटेको छ । जसमा हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचकमा गिरावट भएपनि सोमवार अभियान लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै,उन्नती सहकार्य लघुवित्तको २.६८ प्रतिशत र ओरियन्टल होटलको २.०४ प्रतिशतले बढेको छ ।

यता सिभिल लघुवित्तको शेयरमूल्य ६.३३ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेण्ट बैंकको ५.६० प्रतिशतले घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

    सम्बन्धित समाचार...