२० बैशाख २०८१, बिहीबार

नेसपा अध्यक्ष भट्टराई खुसी प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि

prachanda and baburam
फाइल फोटो

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्नु महत्वको विषय भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट चुनाव लड्न लागेकोमा प्रचण्डलाई बधाई तथा जितको शुभकामना दिनुभएको छ ।

हिजो माओवादी केन्द्रको बैठकले प्रचण्डलाई आगामी चुनावमा गोरखाबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

‘नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको त्यस क्षेत्रबाट प्रचण्डको उमेदवारी निकै ठूलो साङ्केतिक महत्वको छ ।’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।