२६ बैशाख २०८१, बुधबार

हालसम्मकै सर्वाधिक डेंगुका बिरामी, ३० हजारभन्दा माथि बिरामीको संख्या

dengu

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । 

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।