२२ बैशाख २०८१, शनिबार

परम्परागत कमेरो र रातो माटोले पोतिएका घर देखिँदैन गाउँमा

ghar

दसैँ भनेपछि ग्रामीण भेगका अधिकांशको मनमा एउटै चित्र आउँछ- रातो माटो र कमेरोले पोतेर चिटिक्क पारिएका घर । तर अहिले त्यस्ता घर बिरलै देख्न पाइन्छ । बजारमा पाइने रंग लगाउन थालिएपछि गाउँका परम्परागत कमेरो र रातो माटोले पोतिएका घर देखिन छाडेका हुन् ।

जब दसै आउँछ, तब गाउँमा रातो माटो र कमेरोको जोहो गर्न गाउँमा एक महिनादेखि तछाड मछाड सुरु हुन्थ्यो । दसैा जति नजिकिन्छ त्यतिनै गाउँमा घर लितपोत गर्ने र सिँगार्ने चहल हुन्थ्यो । तर अहिले रातो माटो र कमेरोले पोतेका घर देखिन छाडेका छन् । गाउँ-गाउँमा पनि चुना र गेरुको प्रयोग हुन थालेको छ ।

विशेषगरी परम्परागत शैलीका ढुंगा, माटो र काठबाट बनेका घरमा रातो माटो र कमेरोको प्रयोग हुन्थ्यो । दसैा सुरु हुना साथ सबैभन्दा पहिले आफ्नो घर, आागन सफा गर्ने र रंगरोगन गर्ने चलन थियो । पछिल्लो समयमा भने कंक्रिट र सिमेन्टका घरमा बजारबाट कृत्रिम रंग ल्याएर रंग्याउने चलन बढेको छ ।

आधुनिकता र प्रविधिको बढ्दो प्रयोगसँगै चाडपर्वको मौलिकता परिवर्तन हुँदै गएको छ । रातो माटो र कमेरोले घर आागन लिपपोत गरेर रंग्याउने र लिागे पिङ हाल्ने चलन हराउँदै जाँदा पनि गाउँघरमा दसैंको रमझम र रमाइलो भने कायमै छ ।