१४ बैशाख २०८१, शुक्रबार

सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई आयोगको निर्देशन

nirbachan aayog ele

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सर्वोच्चका २६४ कर्मचारीको सरुवा

सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

सूचीसहित

Press 2079