७ बैशाख २०८१, शुक्रबार

पटक-पटक डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवाका चुनावी एजेण्डा भने सधैं एउटै

sher bahadur

संसदीय निर्वाचनमा अपराजित यात्रा गरिरहने नेतामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नाम आउँछ ।

२०४८ सालदेखि डडेल्धुराबाट निर्वाचित हुँदै आएका देउवाका चुनावी एजेण्डा भने सधैं एउटै छन् । आगामी चुनावमा पनि देउवाले पुरानै एजेन्डा लिएर जाने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालको चुनावमा गरिबी, बेरोजगारी र विकासको मुख्य एजेण्डा लिएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

देउवा तिनै एजेन्डा बोकेर निरन्तर चुनाव जितिरहेका मात्र छैनन्, पाँच पटक त मुलुकको कार्यकारी प्रधानमन्त्री नै भइसकेका छन् ।

३१ वर्षसम्म एउटै क्षेत्रको जनप्रतिनिधि र सरकारको नेतृत्व गर्ने पटक-पटकको अवसर पाउँदा पनि उनले चुनावी एजेन्डा परिवर्तन गर्न सकेका छैनन् ।

आगामी चुनावमा पनि देउवाले तिनै एजेन्डा लिएर जाँदै छन् । विगतदेखि नै देउवाका एजेन्डा अध्ययन गरिरहेकाहरु समयसापेक्ष हुन सुझाव दिन थालेका छन् ।

तीन दशकभन्दा लामो समयसम्म देउवाले एउटै एजेन्डा बनाउने गरेको आरोप विपक्षीले लगाउने गरेका छन् । गरिबी, बेरोजगारी र विकासका एजेन्डा लिने तर कहिल्यै पूरा नगरेको गुनासो मतदाताको छ । पटक-पटक देशको कार्यकारी भएको व्यक्तिले पुरानै एजेण्डा बोकेर जान उचित नहुने स्थानीय बताउाछन् ।

जनमुखी र विकासप्रेमी एजेण्डा बोकेर निर्वाचनमा जानेले जितेपछि पूरा गर्न सक्नुपर्छ । चुनावका बेला मात्र जनताका दुःख देख्ने तर जितेपछि सबै भुल्ने परिपाटी कायम रहेसम्म विकास सम्भव देखिादैन ।