१५ बैशाख २०८१, शनिबार

परिमार्जन गर्दै लैजाने भन्दै नेपाल टेलिकमद्वारा निःशुल्क इ-सिम वितरण सुरु

telecom

प्रविधिमा आएको परिवर्तनसँगै आफूलाई पनि परिमार्जन गर्दै लैजाने भन्दै नेपाल टेलिकमले आजदेखि निःशुल्क इ-सिम वितरण सुरु गरेको छ ।

इ-सिम वितरण गर्ने सूचना सार्वजनिक भएसँगै नेपाल टेलिकमको कार्यालयमा लाइन नै लागेको थियो । तर टेलिकमले पहिलो दिन ५० वटा मात्रै सिम वितरण गरेको छ ।

इ-सिम अर्थात् इलेक्टि्रक सिम । मोबाइलमा कार्डविनै प्रयोग हुने इ-सिम शुक्रबारदेखि टेलिकमको सुन्धारा शाखाबाट वितरण सुरु गरिएको हो ।

टेलिकमले मोबाइल सेटमा नम्बर राखिदिएपछि सीमको काम गर्छ । नेपालमा नयाँ प्रयोग भएकाले धेरै उत्साहित भएर इ-सिम लिन पुगेका थिए । तर, पहिलो दिन ५० वटा मात्रै वितरण गरिएपछि नपाएकाहरु आक्रोसित देखिए ।

टेलिकमले भने पहिलो दिन भएकाले प्राविधिक समस्या नहोस् भनेर सीमित मात्रामा इ-सिम वितरण गरेको जनाएको छ । यसको गति विस्तारै बढाउँदै केही दिनमै उपभोक्ताले चाहे जति नै सिम वितरण गर्न सकिने उसको भनाइ छ ।

ई-सिमलाई डिजिटल सिमसमेत भन्ने गरिएको छ । यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन् ।

त्यसो त जुनसुकै मोबाइल सेटमा पनि इ-सिम प्रयोग हुादैन । नयाँ मोडलका मोबाइलमा मात्र यसको प्रयोग गर्न सकिन्छ । अहिले नेपाली बजारमा उपलब्ध सेटमा १ देखि २० वटासम्म इ-सिम राख्न सकिन्छ । एउटै सेटमा धेरै सिम राख्न सकिने भएकाले दोहोरो फोन बोक्नुपर्ने झन्झटबाट अब उपभोक्ता मुक्त हुने छन् ।