१५ चैत्र २०८०, बिहीबार

झनपछि झन सम्पर्क विहीन बन्दै सन्दीप लामिछाने, जेल नगइ विदेश बाटै बच्लान सन्दीप ?

sandip lamichhane

केहि बर्ष यताचर्चित व्यक्तीको रुपमा हेरिएका कृष्णबहादुर महरा देखि अभिनेता पलशाह सम्मलाई बलात्कार मुद्धाले छोडेन ।

अहिले फेरि विश्वमा उदाइरहेका क्रिकेट स्टार सन्दीप लामिछाने बलात्कार मुद्धामा फसेका छन् । तर, बलात्कार मुद्धामा जोडिएको १० दिन भै सक्दा पनि उनी प्रहरीको सम्पर्कमा आएका छैनन् । यसले धेरै खाले प्रश्नहरु पनि उठाएको छ ।

पाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार मुद्धामा जोडिएको १० दिन वित्यो । तर अनुसन्धानको दायरामा आउनु पर्ने उनी झनपछि झन सम्पर्क विहीन बन्दै गएका छन् । कतिपयले भने सन्दीप यति वेला सिंगापुरमा रहेर कानुन व्यवसायीसँग परामर्श गरिरहेको बताएका छन् ।

सन्दीपको अज्ञात अवस्थाप्रति न प्रहरी जानकार छ, न सन्दीप सम्वद्ध नेपाल क्रिकेट संघ (क्यान)लेकुनै जानकारी बाहिर चुहाएको छ । अघिल्लो साताको मंगलबार राति सन्दीपका विरुद्ध एक १७बर्षिया नाबालिग किशोरीले आफु विरुद्ध जबरजस्ती करणी गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि सन्दीप आरोपी बनेका थिए ।

जतिसुकै ठूलो नेम फेम भएपनि कानूनका नजरमा उनी एक आरोपित हुन् । यस्तो बेला कानुनलाई सघाएर आफुलाई निर्दाेष साबित गर्नुको साटो सन्दीप उल्टै मुद्धाबाट भाग्न खोजे पछि अवस्था झन जटिल बन्ने देखिएको छ ।

प्रहरी पनि सन्दीप विरुद्ध पक्राउपुर्जी हातमा बोकेर बस्ने बाहेक अरु गर्न सकिरहेको छैन । तर यो लामो मौनताले मुद्धा नै विचलित वा प्रभावित हुने भन्दै विज्ञहरुले शंका देखाइरहेका छन् ।

आफु विरुद्ध भदौं २१ माजाहेरी परेपछि अनुसन्धानलाई सघाउने भन्दै नेपाल आउन लागेको बताएका सन्दीप लामिछाने हालसम्म पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । प्रहरी पनिउनको अवस्थाबारे जानकार देखिँदैन ।

क्यारेबिन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका उनी अनुसन्धानका लागि आफै आउने भन्दै खबर त पठाएका थिए । नेपाल फर्किने भन्दै सन्दीप सीपीएल बाट समेत विदाइ भइसकेका छन् ।

क्यानसँगको सम्पर्कमा आफु नेपाल फर्किन लागेको जानकारी पनि उनले गराएका थिए । तर अहिले सम्म उनी सम्पर्कमा नआउनु आफैमा शंकास्पद बन्दै गएको छ । यसले यस विषयमा अनेक खालका प्रश्नहरु उठाइरहेका छ ।

सन्दीप आफैले यो मुद्दालाई जटिल बनाउने कामगरिरहेका छन् । अहिलेका लागि उनी प्रहरीको सम्पर्कमा नआउनु नै सबैभन्दा ठूलो समस्याहो । सहमति विमति जे भएपनि नाबालिगले जाहेरी नै दिएपछि उनी संकटमा त यसै पनि थिए ।

प्रहरीले नगरकोटदेखि काठमाडौंको होटल सम्म जुटाएका सबुत प्रमाणले पनि सन्दीप माथि नै भारी परिरहेका बेला उनी अज्ञात रहनुले विषयलाई थप गमिभरता तर्फ धकेलेको छ ।